Search

तानसेनलाई महिलामैत्री शहर बनाउन : विभिन्न कार्यक्रम संचालन

पाल्पा । जिल्लाको तानसेन नगरपालिकालाई महिलामैत्री शहरको रुपमा विकास गरिने भएको छ । ऐतिहासिक र पुरातात्विक महत्वको शहर तानसेनलाई महिलामैत्री बनाउनको लागि नगरपालिकाले विभिन्न कार्यक्रमहरु सचालन गरेको छ ।

 

तानसेनका नगर प्रमुख सन्तोष लाल श्रेष्ठको अध्यक्षतामा आज तानसेन नगरपालिका र UNOPS को सहकार्यमा संचालित महिला मैत्री शहर निर्माण परियोजना अन्तर्गत पाल्पा दरबार मार्ग निर्माण परियोजनाको बिषयमा पाल्पा जिल्ला स्थित होटल तथा रेष्टुरेन्ट व्यवसाय संघ ,हान पदाधिकारी ,पर्यटन व्यवसायीहरु, पत्रकारहरुको उपस्थितिमा छलफल समेत गरेको छ ।

 

म्हिला मैत्री परियोजनाको आर्किटेक मन्जु राउत द्वारा दरबार मार्ग परियोजनाको बिषयमा बिस्तृत जानकारी गराउनुका साथै अन्तरक्रिया तथा छलफल कार्यक्रम भएका छन् तानसेनलाई महिलामैत्री शहरको रुपमा विकास गर्न, तानसेनको पर्यटन प्रर्वद्धनका कार्यक्रमहरु गर्न विभिन्न कार्यक्रमहरु गरिएको नगरप्रमुख सन्तोष श्रेष्ठले मेरोसमाचारलाई बताउनुभयो ।

 

तानसेनलाई महिलामैत्री शहर कार्यक्रम अन्तर्गत सडकमा खाना महोत्सव, सांस्कृतिक महोत्सव, हाटबजार लगायतका गतिविधिहरु गरिदै आएको तानसेन नगरपालिकाका बरिष्ठ कार्यक्रम अधिकृत भरत प्रसाद आचार्यले मेरोसमाचारलाई बताउनुभयो । यसैक्रममा विभिन्न कार्यक्रमहरु गरिएको उहाँको भनाई छ ।

 

Picture of मेरो समाचार

मेरो समाचार

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।