Search

साहित्यकार पुष्कर अथकको उपन्यास कृति ‘अमरामृत’ सार्वजनिक

साहित्यकार पुष्कर अथकको उपन्यास कृति ‘अमरामृत’ शनिबार सार्वजनिक भएको छ । कृति खड्गशम्सेर र रानीमहलमा आधारित रहेको छ । पाल्पा साहित्य समाजको आयोजनामा तानसेनमा आयोजित एक समारोहमा प्रमुख अतिथि खड्ग फाउण्डेशनका अध्यक्ष एवम् खड्ग शम्सेरका पनाती डा. अजय शम्सेर जबराले अथकको कृतिले खड्गशम्सेरबारे गुमेको इतिहास फर्किएको अनुभूति भएको बताउनुभयो । उहाँले रानीमहल सुन्दर, जीवित राख्न सवैको प्रयास जरुर रहेको समेत औंल्याउनुभयो ।

 

कृतिको समीक्षा साहित्यकार भागवत खनाल र अर्चना शाक्यले गर्नुभएको थियो । समीक्षकद्वयले सेनवंशीय भौतिक सम्पदाको खोजी र संरक्षणमा थप प्रयास आवश्यक रहेको औंल्याउनुभयो । कार्यक्रममा शुभकामना मन्तव्य राख्दै वरिष्ठ पत्रकार मेघराज शर्माले पाल्पा र पाल्पालीको गौरव रानीमहलको विषय समावेश गरिएको कृतिले उचित बजार पाउनुपर्नेमा जोड दिनुभयो ।

 


कार्यक्रममा तानसेन नगरपालिकाका पर्यटन विकास समिति संयोजक पदमराज न्यौपाने, सम्पदा प्रतिष्ठान पाल्पाका अध्यक्ष रामजीप्रसाद ढुंगाना, साहित्यकार सीताराम घिमिरे र पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष मुक्तिप्रसाद न्यौपानेले मन्तव्य राख्दै पाल्पाको सांस्कृतिक पर्यटन विकासको लागि सम्पदा संरक्षण हुनुपर्नेमा जोड दिनुभयो ।

 


पाल्पा साहित्य समाजका संरक्षक राजेन्द्रगोपाल सिंहको अध्यक्षतामा भएको कार्यक्रममा कृतिकार पुष्कर अथक रेग्मीको धन्यवाद ज्ञापन र सचिव सविता भट्टराईको सञ्चालन रहेको थियो । अथकको ‘अमरामृत’ कृतिको प्रकाशकमा गोपाल पौडेल रहनुभएको छ । जम्मा ३ सय ३६ पृष्ठको कृतिको मूल्य ८ सय ५५ रुपैंया राखिएको छ ।

 

Picture of मेरो समाचार

मेरो समाचार

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।