नेपाल बैंकले यो वर्ष ४० प्रतिशतभन्दा बढी लाभांश दिन सक्छ ! – Mero Samachar

नेपाल बैंकले यो वर्ष ४० प्रतिशतभन्दा बढी लाभांश दिन सक्छ !

नेपाल बैंकले यो वर्ष ४० प्रतिशतभन्दा बढी लाभांश दिन सक्छ ! class=

कर्जा खबर ।
सेयर बजारमा नेपाल बैंक छाएको छ । तीब्र उत्तारचढाब भएको आजको बजारमा नेपाल बैंकको मात्रै १ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्स) का अनुसार नेपाल बैंकका १९ लाख ७५ हजार ५१० कित्ता सेयर १ अर्ब ५ करोड ४४ लाख ६६ हजार ५७४ रुपैयाँमा कारोबार भए । अधिकांश ब्रोकर कम्पनीबाट भएको कारोबारमा ८ हजार ५ सय ५० वटा कारोबारबाट सो बराबरको सेयर खरिद विक्री भएका हुन् ।

नेपाल बैंकको सेयरप्रति लगानीकर्ताको आकर्षण बढ्ने सक्ने आधार बैंकको नाफाले पनि दिएको छ । बैंकले गत वर्षको आम्दानीबाट सेयरधनीलाई बाढ्न सक्ने रकम ५ अर्ब ४७ करोड रुपैयाँ छ । यसमध्ये ४३ करोड रुपैयाँ सेयर प्रिमियमको रकम छ भने रिटेन अर्निङमा ५ अर्ब ४ करोड रुपैयाँ छ । बैंकको चुक्ता पुँजी १२ अर्ब ६३ करोड रुपैयाँ रहेका कारण बैंकले सेयरधनीलाई यो वर्ष ४० प्रतिशतभन्दा बढी लाभांश दिन सक्छ ।

बैंकले वितरण गर्न सक्ने बराबरको सबै रकम सेयरधनीलाई यही वर्ष वितरण गर्छ भन्ने यकिन भने हुँदैन । त्यसमा पनि गत वर्ष अर्थमन्त्रालयसँग लफडा परेको करिब ३ अर्ब रुपैयाँ प्रोभिजनिङ गर्नु पर्यो भने नेपाल बैंकले वितरण गर्न सक्ने रकम आधाभन्दा बढीले कम हुनेछ ।

Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।