मौद्रिक नीति: निजी क्षेत्रको कर्जा बिस्तार १९% मा सीमित गरिने – Mero Samachar

मौद्रिक नीति: निजी क्षेत्रको कर्जा बिस्तार १९% मा सीमित गरिने

मौद्रिक नीति: निजी क्षेत्रको कर्जा बिस्तार १९% मा सीमित गरिने class=

कर्जा खबर, काठमाडौं ।
चालु आर्थिक वर्षमा निजी क्षेत्रतर्फको कर्जा बिस्तार १९ प्रतिशतमा सीमित गरिने लक्ष्य लिएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो व्यवस्था गरेको हो ।

प्रचलित मूल्यको कूल ग्राहस्थ उत्पादनलाई मौद्रिक प्रक्षेपणको आधारका रुपमा लिँदै आर्थिक वर्ष २०७८/७९ मा विस्तृत मुद्रा प्रदायकको बिस्तार १९ प्रतिशतमा सीमित गर्ने प्रक्षेपण गरिएको छ । गत आवमा यस्तो कर्जा बिस्तार २० प्रतिशतमा सीमित गर्ने लक्ष्य राखिएको थियो ।

मौद्रिक नीतिमा उपभोक्ता मुद्रास्फीति ६.५० प्रतिशतभित्र सीमित राख्नुका साथै आर्थिक उत्थानलाई प्राथमिकता दिइने उल्लेख छ ।

Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।