मेयर कप फुटबल प्रतियोगितामा तानसेन ९ दमकडा फाइनलमा प्रवेश

मेयर कप फुटबल प्रतियोगितामा तानसेन ९ दमकडा फाइनलमा प्रवेश
बुधबार, मंसिर २७, २०८०

तानसेन – तानसेनमा जारी प्रथम मेयर कप फुटबल प्रतियोगितामा तानसेन ९ दमकडा फाइनलमा प्रवेश गरेको छ ।

मङ्गलबार तानसेनस्थित टुंडिखेल मैदानमा तानसेन–९, र तानसेन–६, का बीचमा भएको प्रतिष्पर्धामा तानसेन ९ दमकडा ३–२ गोलले विजयी बनेको हो ।

तानसेन ६ लाई पराजित गरेसँगै तानसेन ९ फाइनलमा प्रवेश गरेको नगर खेलकुद विकास समितिका अध्यक्ष हेमन्तराज शाक्यले जानकारी दिनुभयो । फाइनल खेल मंसिर २९ गते हुने आयोजकले जनाएको छ ।

फुटबल खेलकाे विजेताले १ लाख नगद, मेडल र ट्रफी पाउनेछ भने उपविजेताले नगद ५० हजारसहित ट्रफी पाउनेछ । फुटबल सकिएपछि क्रिकेट खेल हुनेछ ।

 

प्रकाशित मिति: बुधबार, मंसिर २७, २०८०  २०:२४
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय