तानसेन नगरपालिकाको नीति कार्यक्रम पारित

बुधबार, मंसिर २७, २०८०

पाल्पा – जिल्लाकाे तानसेन नगरपालिकाको वार्षिक नीति तथा कार्यक्रम पारित भएको छ । शनिबार आयोजित १३ औ नगरसभामा नगरप्रमुख सन्तोशलाल श्रेष्ठले पेश गर्नुभएको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रम पारित भएको हो ।

नगरसभामा नगरप्रमुखको प्रतिवेदन उपप्रमुख प्रतिक्षा सिंजालीले पेश गर्नुभएको थियो । नीति र कार्यक्रममा कृषि र पर्यटन क्षेत्रको विकास, स्वरोजगार, शिक्षा स्वास्थ्य र समग्र तानसेनको विकास निर्माणका कुराहरु समेटिएका छन् । निति र कार्यक्रम माथि नगर सदस्यहरुले बोल्दै जनउत्तदायी कार्यक्रम मार्फत अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।

 

 

नगरसदस्य गीता भट्राईले तानसेनको खानेपानी समस्या समाधानका लागी नगरसरकार हस्तक्षेपकारी भुमिकामा अघि बढ्नुपर्नेमा जोड दिनुभयो । नगर सदस्य माधब बस्यालले शामुदायिक शिक्षाको गुणस्तर कायम गर्न सरकारी कर्मचारीहरुले आफ्ना छोराछोरी सरकारी विद्यालयमा पढाउने बातावरण बनाउनुपर्नेमा जोड दिनुभयो । नगरसदस्य अमर रानाले कृषक हितका कार्यक्रम मार्फत अघि बढ्न आग्रह गर्दे ग्रामिण क्षेत्रका वडाहरुलाई आगामी बजेटमा प्राथमिकता दिन अनुरोध गर्नुभयो ।

 

 

नगरसदस्य गोमा गैरेले जनप्रतिनिधिहरुको क्षमता बिकास गर्ने कार्यक्रमहरु गर्नुपर्नेमा जोड दिनुभयो । नगरसदस्यहरु रेखा बिष्ट र हरी बहादुर थापाले खानेपानी र फोहोर ब्यवस्थापनको कार्यक्रमलाई प्रभावकारी रुपमा काम गर्न आग्रह गर्नुभयो । नगरसदस्यहरु बिमला बौडेल, कर्णबहादुर रेश्मी, कमल दर्लामी र राधिका थापाले हरेक कामकारवाही जनताले महशुस हुने गरी सम्पन्न गर्न आग्रह गरे । विकास निर्माण र सामाजिक कार्यहरुलाई वडा तहदेखि नै प्रभावकारी रुपमा सम्पन्न गर्न सवै एक ठाउमा उभिनुको विकल्प नभएकोमा उनीहरुको जोड थियो ।

आईतबार दिउँसो १ बजे पुन बस्ने गरी शनिबार सकिएको नगरसभाले आगामी आर्थिक बर्षको बजेट समेत पारित गर्नेछ ।

 
 
 

प्रकाशित मिति: बुधबार, मंसिर २७, २०८०  २०:१५
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय