तपाईको खातामा एभरेष्ट बैंकको लाभांश आयो ? मेरोमा त आयो

सोमबार, असोज २१, २०८१

एभरेष्ट बैंक लिमिटेडले नगद लाभांश शेयरधनीको खातामा जम्मा गरिदिन थालेको छ । आइतबार सम्पन्न साधारणसभाबाट लाभांश पारित भएपछि शेयरधनीको खातामा जम्मा गर्न थालेको हो ।

 

‘नगद लाभांश शेयरधनीको खातामा राखी दिँदैछौं’, एभरेष्ट बैंकका एक कर्मचारीले भने, ‘बोनस शेयर दशैं लगतै शेयरधनीको खातामा हाल्ने छौं ।’

 

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट २०८० ०८१ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ५.५३ प्रतिशत नगद लाभांश गरि कुल १५.५३ प्रतिशत लाभांश दिएको छ ।

 

 

 

 

 

केही शेयरधनीहरुले एभरेष्ट बैंकको लाभांश रकम खातामा आइसकेको बताएका छन् । केही शेयरधनीले मोवाइलको घन्टी भने अझै बज्न बाँकी रहेको बताएका छन् । दशैंअघि लाभांश वितरण गर्ने २० वाणिज्य बैंक मध्ये एभरेष्ट बैंक पहिलो बनेको छ ।

 

प्रकाशित मिति: सोमबार, असोज २१, २०८१  १४:२३
प्रतिक्रिया दिनुहोस्