दशैंमा मासु खाँदा अपनाउनुपर्ने सावधानी

सोमबार, असोज २१, २०८१

दशैंमा मासुजन्य परिकारको उपयोग धेरै हुने गर्छ । अन्यबेला कुखुराको मासु खाने गरे पनि दशैंमा गच्छेअनुसार मासुका लागि खसी, बोका, च्याङ्ग्रा, राँगा, बंगुर काटिन्छन् ।

 

दशैंमा रातो मासुसँगै अल्कोहलको सेवन पनि ज्यादा नै हुन्छ । मासु प्रोटिनको सर्वोत्तम स्रोत हो, जहाँ आवश्यक सबै एमाइनो एसिड प्रचुर मात्रामा पाइन्छ । मस्तिष्कको विकासमा मासुको भूमिका रहेको अनुमान गरिएको छ ।

 

 

 

 

खास चाडपर्वमा मात्रै ज्यादा मासु खानु फाइदाजनक होला त ?

यो सवालको निरुपण गर्नुअघि हाम्रो खाना र पोषण पद्धतिबारे जानकारी राख्नु उपयुक्त हुनछ । हामीले सेवन गर्ने सबै प्रकारका खाद्यपदार्थ पाचन प्रणालीको माध्यमबाट टुक्राएर आन्द्रामा शोषित भई विभिन्न  पोषण तत्वहरुमा परिणत हुन्छन् ।

 

 

 

 

ती पोषण तत्व तत्कालै ऊर्जाका लागि खर्च भई बाँकी ग्लाइकोजनको रुपमा बोसोको रुपमा जम्मा हुने  कार्बोहाइड्रेट (स्टार्च, ग्लुकोज), आन्तरिक शारीरिक अवयवहरुको निर्माण र जैविक पद्धतिका लागि आवश्यक प्रोटिन, फ्याट तथा शारीरिक प्रक्रियामा अपरिहार्य भिटामिन, मिनरल्सका अणु गरी चार प्रकारका हुन्छन् ।

 

भिटामिनहरु तत्काल आवश्यक नपर्ने र मूत्र पद्धतिबाट उत्सर्जित हुने पानीमा घुलनशील र जम्मा भई रहने फ्याटमा घुलनशील गरी दुई प्रकारका हुन्छन्, बोसो अर्थात् फ्याट पूर्ण र अपूर्ण । फ्याटका अणुमध्ये कुनै फाइदा पुर्‍याउने उच्च र हानि पुर्‍याउने बढी घनत्वका हुन्छन् । यस्तो बोसो पनि भुँडीमा रहेको केन्द्रित र परिधीय हुन्छ । कम शारीरिक परिश्रम अनि बढी खानाको मात्रा र अणुवंशिक कारण पनि भुँडीमा बढी बोसो जम्मा हुने गर्छ ।

 

पानी त उपयुक्त मात्रामा पिउनु अपरिहार्य छँदैछ । पानी खाना सँगै पिउँदा पाचन प्रणालीमा नकारात्मक असर पर्छ । त्यसैले पानी एवं उपलब्ध भए फलफूलको सलाद या जुस पिउनु फाइदाजनक हुन्छ । तर खाना खाने बित्तिकै पानी पिउँदा पाचन प्रक्रियामा नकारात्मक प्रभाव पर्छ ।

 

दशैं, तिहार जस्ता चाडपर्वमा मासु जस्ता प्रोटिन, बोसो  र उच्च क्यालोरीयुक्त परिकारको सेवनमा वृद्धि हुन्छ । ऋणधन गरेरै भए पनि उच्च बोसो एवं क्यालोरीयुक्त खसी, बोका, राँगा जस्ता चारखुट्टे जनावरको दशैंमा काट्ने चलन छ । सो प्रयोजनका लागि कैयौं दिन लगाएर भारतबाट समेत ट्रकमा लादेर सकस साथ  राँगाभैंसीहरुलाई भारतबाट एवं बोका-च्यांग्राहरु चीनबाट समेत आयात गरिन्छन् ।

 

मासुको सेवन गर्ने मात्रा व्यक्तिको जीवनशैली, शारीरिक श्रम, रगतमा कोलेस्टेरोलको मात्रा, मिर्गौला, कलेजो, मुटुदेखि शरीरको वजनमा पनि निहित हुने गर्छ ।

प्रकाशित मिति: सोमबार, असोज २१, २०८१  ११:५९
प्रतिक्रिया दिनुहोस्