ऐसियाकै ठूलो काठकोढोका निर्माणको काम सुस्त 

शुक्रबार, साउन ११, २०८१

पाल्पा – तानसेनमा पाल्पा दरबारको परिसरमा रहेको काठको ढोकाको निर्माण कार्य ढिलो भएको छ ।  ठेक्का सम्झौंता अनुसार २०८१ असार १५ मा निर्माण सम्पन्न गर्नुपर्नेमा अहिलेसम्म बल्ल सुरुवात भएको छ । 

 


ढोका बनाउनको लागि ९२ लाख ५१ हजार ७ सय २९ रुपंैया भ्याट सहितमा एनपिएस कन्स्ट्रक्सन भक्तपुरले ठेक्काको जिम्मा पाएको छ । 


एसियाकै ठूलो ढोकाको रुपमा रहेको सित्तलपाटीको मुलढोकाको पुर्ननिर्माण कार्य चलिरहेको छ । पुरातत्व विभागले उक्त दरबार परिसरमा रहेको ढोकाको निर्माणको लागि ठेक्का लगाएको हो । 

 

 

निर्माण समयमा सम्पन्न गराउन सरोकारवाला निकायको वेवास्ता रहेको छ । निर्धारित समयमा काम सम्पन्न नभएपछि पुनः ठेक्काको म्याद थप भएको छ । परिषरको पुरानै स्वरुपमा पुरातात्विक सम्पदाको संरक्षण गर्दै पुरानै शैलीमा निर्माण गर्नुपर्ने तानसेनको संस्कृतिविदहरको जोड रहेको छ । 


ठेक्का सम्झौंता अनुसार २०८१ असार १५ मा निर्माण सम्पन्न गर्नुपर्नेमा बल्ल ढोकाको गज ठडाउने काम भएको छ । पाल्पा दरबार परिसरको ठूलो ढोका संरक्षण गर्नको लागि पुरातत्व विभागले २०८० माघ ३ गते सम्झौंता गरेको थियो । 

 



 

प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  ०९:०३
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय