पाल्पामा विद्यालयका प्रअको चट्याङ्ग लागेर निधन 

सोमबार, असार ३, २०८१

पाल्पा – जिल्लाको रैनादेवी छहरा गाउँपालिका ३ डाँडागाउँमा चट्याङ्ग लागेर एक जनाको निधन भएको छ । आइतवार राती परेको चट्याङ्ग लागेर स्थानीय ५६ वर्षिय विमल प्रसाद पन्तको निधन भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । उहाँ जनप्रिय आ वि रैनादेवी छहरा ३ भुवनपोखरी डाँडागाउँका प्रधानाध्यापक समेत रहनु भएको थियो । 

 

 


घ६नाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । उहाँको चट्याङ्ग लागेर उपचारको लागि लुम्बिनी मेडिकल कलेज ल्याइएको र डाक्टरले चेकजाँच गर्दा मृत घोषणा गरेका थिए । 

 
 
 

प्रकाशित मिति: सोमबार, असार ३, २०८१  १०:५८
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय