सिद्धबाबा सुरुङ मार्गको शनिबार स्थलगत निरीक्षण

आइतबार, पुस १, २०८०

बुटवल -  भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले सिद्धबाबा सुरुङमार्गको कामलाई तिव्रता दिन निर्देशन दिएका छन् । राष्ट्रिय गौरवको आयोजना सिद्धबाबा सुरुङ मार्गको शनिबार स्थलगत निरीक्षण गर्दै मन्त्री ज्वालाले कामको गति निकै ढिलो भएकोमा असन्तुष्टि जनाए ।

सिद्धबाबा सुरुङ मार्गलाई ठूलो र महंगो आयोजनाका रुपमा लिइएको बताउँदै उनले यसको काममा लापरवाही नगर्न निर्माण व्यवसायीलाई आग्रह गरे । ‘अहिले ८/९ प्रतिशत मात्रै काम काम भएको छ, कामको रफ्तार बढाउनका लागि स्थलगत निरीक्षण गरिएको हो’, मन्त्री ज्वालाले भने । सरकारका तर्फबाट समस्या समाधान गर्न तत्पर रहेको तर, बहाना बनाएर काममा ढिलाइ गर्न छुट नदिने बताए ।

 

 

 

 

मन्त्री ज्वालाले सिद्धबाबा सुरुङमार्गलाई सरकारले उच्च प्राथमिकतामा राखेकाले यसलाई सफल रुपमा पूरा गर्नका लागि आकस्मिक रुपमा निरीक्षण गरिएको बताए । मन्त्री ज्वालाले निर्माण व्यवसायीको कामप्रति सन्तुष्ट हुन नसक्ने प्रतिक्रिया दिए । मन्त्री ज्वालाले माथिल्लो सिद्धबाबाको प्रवेशद्वारसहित ३ वटा क्षेत्रको स्थलगत निरीक्षण गरेका हुन् ।

सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक अन्तर्गत बुटवलको तल्लो सिद्धबाबादेखि पाल्पाको दोभान चौकीसम्मको करिब ३ किलोमिटर सडक क्षेत्र पहिरोका कारण जोखिमयुक्त भएकाले यहाँ सुरुङमार्गको अवधारणा अघि सारिएको हो । चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले १ हजार १२६ मिटर लम्बाइको सुरुङमार्ग निर्माण गर्न ७ अर्ब ३४ करोड रुपैयाँम सम्झौता गरेको हो ।

tansen-1718595677.jpg

ribdikot-1718595670.jpg

rampur-1718595669.jpg

tinau-1718595679.jpg

raina-1718595665.jpg

rambha-1718595665.jpg

pur-1718595663.jpg

nis-1718595661.jpg

Bagnas-1718595654.jpg

matha-1718595654.jpg

प्रकाशित मिति: आइतबार, पुस १, २०८०  ०९:०३
प्रतिक्रिया दिनुहोस्