कर्जा खबर।
नियामक निकायको संचालकमा बसेर बुक विल्डङबाट आउन लागेको सेयर सस्तोमा हात पारेका नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले राजिनामा दिएका छन ।
उद्योग वाणिज्य महासंघको तर्फबाट संचालक रहेका ढकालले नेपाल धितोपत्र बोर्डको संचालक समिति सदस्यबाट राजिनामा दिएका छन । महासंघको अध्यक्ष शेखर गोल्छालाई महासंघको तर्फबाट अर्को प्रतिनिधि पठाइदिन ढकालले आग्रह गर्नुभएको बताइएको छ ।
ढकाल नेतृत्व रहेको आइएमई र डिसहोमले पनि बुक विल्डङबाट आइपिओ ल्याउन लागेका छन् । आफू भेरै पव्लिक कम्पनीमा रहेको र संस्थागत शुसासनका हिसावले राम्रो नहुने भन्दै राजिनामा दिएका हुन् । सर्वोत्तम सिमेन्टको बुक विल्डङमा आउनुपहिलेनै नियामक निकायमा रहेका व्यक्तिहरुले सस्तोमा सेयर लिएका थिए ।
उता मंगलबार एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले राजीनामा दिएका थिए । सर्वोत्तम सिमेन्टको सेयरको बारेमा बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना र नेप्सेका सीईओ साउदसँगै ढकाल समेत मुछिएका थिए ।
Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।