-
भिटामिन सी औषधि गुणस्तरहीन पाइएपछि बजारबाट फिर्ता गर्न निर्देशन
बनेपास्थित क्युरेक्स फार्मास्युटिक्ल्स कम्पनीले उत्पादन गरेको भिटामिन सी औषधिहरूको बिक्री वितरण रोक्का गरी बजारबाट फिर्ता गर्न औषधि व्यवस्था विभागले सूचना प्रकाशित गरेको छ । Myvit-c (Ascorbic Acid) (Vitamin-C) IP500mg औषधिहरूका नमुना सङ्कलन गरी राष्ट्रिय औषधि प्रयोगशाला, काठमाडौँमा परीक्षण गर्दा न्यून गुणस्तर रहेको पाइएको थियो । विभागद्वारा प्रकाशित सूचनामा भनिएको छ, ‘यम विभागबाट निम्न उत्पादक र […]
-
गण्डकीका ऊर्जामन्त्री आचार्यलाई मन्त्रीबाट हटाइँदै
गण्डकी प्रदेश सरकारका ऊर्जा मन्त्री हरिशरण आचार्यलाई मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बर्खास्त गर्ने तयारी गरेका छन् । आचार्यलाई मुख्यमन्त्री पोखरेलले आसन्न निर्वाचनमा एमाले उम्मेदवारलाई सहयोग गरेको भन्दै बर्खास्त गर्न लागिएको एक मन्त्रीले बताए । ती मन्त्रीका अनुसार आचार्यले पछिल्लो समय एमाले उम्मेदवारलाई मत माग्दै हिँडेका छन् । ‘एमाले उम्मेदवारलाई भोट माग्दै हिँडेको सूचना आयो । […]
-
आज काग तिहार
कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मीठा–मीठा चिजबिज खान दिएर मनाइँदैछ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत रूपमा आज आइतबारलाई यो पर्व मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए । यमराजले लोकको खबर कागका माध्यमबाट […]
-
प्लास्टिकका फूलगुच्छा र माला प्रतिबन्ध, बिक्री गरे १ लाखसम्म जरिवाना
सरकारले प्लास्टिकका फूलगुच्छा, मालामा प्रतिबन्ध लगाउने निर्णय कार्यान्वयनमा लगेको छ । वन तथा वातावरण मन्त्रालयले १२ साउनमा देशभर प्लास्टिकका फूलगुच्छा, मालाको उत्पादन, आयात, बिक्री वितरण र भण्डारणमा प्रतिवन्ध लगाएकामा तिहार नजिकिँदै जाँदा कार्यान्वयनमा लगेको हो । वातावरण विभागले बिहीबार सार्वजनिक सूचना जारी गरी तिहार र छठजस्ता चाडपर्वमा प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको प्रयोग नगर्न भनेको […]
-
प्रहरीमा जवानको पेन्सन अवधि १६ वर्ष बनाउन छलफल
गृहमन्त्री बालकृष्ण खाणले नेपाल प्रहरीका जवान र हवल्दारको पेन्सन अवधि १६ वर्ष बनाउनेबारे छलफल भइरहेको बताएका छन् । ६७ औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा मन्त्री खाणले भने– ‘जवान र हवल्दारको पेन्सन अवधि घटाएर १६ वर्ष बनाउनेबारे छलफल भइरहेको छ ।’ अहिले जवानदेखि वरिष्ठ प्रनानिसम्मले २० वर्ष पुगेपछि जागिर छाडेमा पेन्सन पाउँछन् […]
-
पहिरोले पुरिँदा हुम्लामा चार बालबालिकाको मृत्यु, पाँच घाइते
हुम्लाको चङ्खेली गाउँपालिका–६ मा पहिरोले एक घर पुरिँदा चार जनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् । घाइतेको उद्धार गरिएको छ । लगातार परेको पानीले घरमाथि पहिरो जाँदा घर पुरिएको स्थानीयवासी ध्रुवकुमार शाहीले बताए । उनका अनुसार मृत्यु हुने चारै जना बालबालिका हुन् । घटनास्थलमा प्रहरी पुगिनसकेकाले के कति क्षति भएको हो एकिन […]
-
उजुरीविरुद्ध जवाफ दिन प्रधानमन्त्री देउवालाई २ बजेसम्मको समय
फरक फरक जन्ममिति भएको भन्दै उजुरी परेपछि प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रस्ट पार्न समय दिइएको छ । नागरिकता र मतदाता नामावलीमा फरक फरक जन्ममिति परेको भन्ने उजुरीबारे जवाफ दिनका लागि आज दुई बजेसम्मको समयसीमा दिइएको छ । देउवाका विपक्षी उम्मेदवार नेपाली कांग्रेस बिपी समुहका उम्मेदवार कर्ण मल्लले जन्ममिति फरक भएको भन्दै दिएको उजुरीमा […]
-
नेपालको प्रतिबन्धका बीच कतारले माग्यो घरेलु कामदार
कतार सरकारले घरेलु कामदारका लागि आवेदन आह्वान गरेको छ । कतारको मिनिस्ट्री अफ इन्टेरियर (आन्तरिक मन्त्रालय) ले एक सूचना जारी गर्दै नेपाली घरेलु कामदारका लागि आवेदन आह्वान गरेको हो । जबकी नेपालले २०७३ सालदेखि घरेलु कामदार पठाउन प्रतिबन्ध लगाएको अवस्था छ । नेपालले प्रतिबन्ध लगाएकै घरेलु कामदारका लागि आवेदन दिन भन्दै मन्त्रालयले सार्वजनिक सूचना जारी […]
-
यी हुन् काठमाडौं उपत्यकाका ३ जिल्लामा उम्मेदवारी दर्ता हुने स्थानहरु
मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा चुनावका लागि आज प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ता हुँदैछ । बिहान १० बजेदेखि साँझ ५ बजेसम्म आवश्यक कागजातसहित मनोनयन दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ । काठमाडौं निर्वाचन क्षेत्र नंबर १ लागि अन्र्तराष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा निर्वाचन अधिकृतको कार्यालय राखिएको छ । यस्तै क्षेत्र नंबर २ […]