-
भक्तपुरमा घरमा आगलागी, १ जनाको मृत्यु
मध्यपुरथिमी नगरपालिका–६ राईटोल माथिल्लो कुण्डोल बस्ने ४९ वर्षीय आत्माराम केसी र ४१ वर्षीय हरिशरण केसीको तीनतले कच्ची घरमा आज बिहान आगलागी हुँदा एकको मृत्यु भएको छ भने एक घाइते छन् । आज बिहान करिब ८ बजे भएको आगलागीमा परेर आत्मारामकी प्यारालाइसिस र सुस्त मनस्थिति भएकी छोरी २५ वर्षीया अस्मिताको पौने ९ बजे घरमै मृत्यु भएको […]
-
नेपालले दशरथ रंगशालामा ५०औं खेल खेल्दै
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले घरेलु मैदान दशरथ रंगशालामा बुधबार पाकिस्तानविरुद्ध मैत्रीपूर्ण खेल खेल्दा दशरथ रंगशालामा ५० औं खेल हुनेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल र पाकिस्तानबीच खेल बुधबार बेलुकी ५ बजे सुरु हुनेछ । नेपालको एक मात्र अन्तर्राष्ट्रिय रंगशालामा दशरथ रंगशालामा नेपालले अहिलेसम्म ४९ खेल खेलेको छ । नेपालले दशरथ रंगशालामा पहिलो पटक […]
-
बसुन्धारामा घरधनीलाई बन्धक बनाएर लुटपाट
काठमाडौँको बसुन्धारामा गए राति लुटपाट भएको छ । बसुन्धारास्थित नन्द मल्लको घरमा गए राति ६–७ जनाको समूहमा आएका लुटेराले नगद र सुन लुटेर भागेका हुन् । लुटेराले घरधनी नन्द सहित ५ जना महिलालाई बन्धक बनाएर लुटपाट गरेका हुन् । लुटेरा समूहले ह्यामर प्रहार गरेर घरधनीलाई घाइते बनाएका छन् । उनको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको […]
-
कर छलीको आरोपमा दुई फर्मका सञ्चालकविरुद्ध मुद्दा
काठमाडौं । राजस्व अनुसन्धान विभागले नक्कली भ्याट बिल र आयकर छलीको आरोपमा दुई व्यावसायिक फर्मका सञ्चालकविरुद्ध मुद्दा दायर गरेको छ । कुलेश्वरको अंकुश सप्लायर्सका सञ्चालक प्रविणकुमार महतो र युनिक ट्रेडर्स एन्ड इन्टर प्राइजेजका सञ्चालक आत्मराम पासवानविरुद्ध सोमबार उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको विभागले जनाएको छ । दुवै कम्पनीले आयाकरतर्फ १७ करोड २२ लाख २१ […]
-
नुवाकोटमा आमाछोरीको हत्या, एकजना पक्राउ
त्रिशूली । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–५ बालकुमारीको भङ्गेरीमा आमाछोरीको हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले आज बिहान एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका २१ वर्षका पुष्कल भनिने सोनम तामाङ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए । उनका अनुसार ती व्यक्ति घरेलु हतियारसहित उक्त घरतर्फ गएको, घटनास्थलमा उनले […]
-
भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु, एक जना घाइते
भक्तपुर । भक्तपुर सल्लाघारीमा पानी ट्याङ्करमा मोटसाइकल ठोक्किंदा मोटरसाइकल चालकको मृत्यु भएको छ भने एक सख्त घाइते भएका छन् । बागमती प्रदेश ०२-०३१प ७८६२ नंको मोटरसाइकल बा४ख ४२६८ नंको पानीट्याङ्करमा ठोक्किंदा मोटरसाइकल चालक मध्यपुरथिमि नगरपालिका-१ लोकन्थली बस्ने २६ वर्षीय साजन दुवारीको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए । […]
-
चन्द्रागिरीबाट दुई घण्टाको प्रयासपछि चितुवा नियन्त्रणमा
काठमाडौंको चन्द्रागिरी क्षेत्रमा बस्तीमा पसेर आतंक मच्चाउने चितुवालाई प्रहरी र वन कार्यालयको टोलीले नियन्त्रणमा लिएको छ । चन्द्रागिरी नगरपालिका–१३ स्थित लामाचौरबाट आइतबार चितुवा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । ३ दिनदेखि चितुवाले सो क्षेत्रमा कुकुर खाने र बस्ती पसेर आतंक मच्चाउने गरेको थियो । आइतबार बिहान ७ बजे स्थानीयले चितुवा देखेर प्रहरीलाई […]
-
२० दिनदेखि सम्पर्कमा नरहेका व्यक्तिको शव भेटियो
हेटौंडा । गएको कात्तिक २ गतेदेखि परिवारको सम्पर्कमा नरहेका ईन्द्रसरोवर गाउँपालिका–३ काप्राङका ५७ वर्षीय सञ्चार थिङको शव फेला परेको छ । सोमबार बेलुकी भिमफेदी गाउँपालिका–८ दोभान खोलामा सडेगलेको अवस्थामा शव फेला पारिएको प्रहरी नायब उपरिक्षक टेकबहादुर कार्कीले जानकारी दिए । मृतकका छोराले कपडाको आधारमा शवको पहिचान गरेको उनले बताए । घटनाको सम्बन्धमा थप अनुसन्धान भैरहेको […]
-
काँडाघारीमा खुकुरीले हिर्काएर आमाको हत्या, छोरा पक्राउ
काठमाडौंको काँडाघारीमा छोराले आमाको हत्या गरेका छन् । ७० वर्षीया फुलमाया तामाङको हत्या गरेको आरोपमा प्रहरीले उनका छोरा ३५ वर्षीय जयबहादुर तामाङलाई पक्राउ गरेको छ । सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका–३ घर भएर कागेश्वरी मनोहरा–८ स्थित गोठाटार बस्ने जयबहादुरमाथि प्रहरी वृत नयाँ बानेश्वरले अनुसन्धान गरिरहेको छ । बिहीबार राति जयबहादुरले आमालाई टाउकोमा खुकुरी प्रहार गरेर हत्या गरेका […]
-
हत्या आरोपमा दुईजना पक्राउ
काभ्रेको धुलिखेल नगरपालिका–११ डाडागाँउ बस्ने ५२ वर्षीया बिन्दा कमिनीको हत्या भएको छ । हत्या आरोपमा प्रहरीले बिहीबार राति दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दोलखा मेलुङ–७ घर भएकी २८ वर्षीया कोपिला विक र धुलिखेल नगरपालिका–११ डाँडागाँउ बस्ने ५० वर्षीय गोपाल विक छन् । आरोपी कोपिला मृतककी नातिनी हुन् । कोपिला र गोपालले मादक […]