मुक्तिनाथ विकास बैंकको नाफा ६३ प्रतिशत बढ्यो, निक्षेप संकलन झण्डै १ खर्ब रुपैयाँ, अन्य सूचक कस्ता ? – Mero Samachar

मुक्तिनाथ विकास बैंकको नाफा ६३ प्रतिशत बढ्यो, निक्षेप संकलन झण्डै १ खर्ब रुपैयाँ, अन्य सूचक कस्ता ?

मुक्तिनाथ विकास बैंकको नाफा ६३ प्रतिशत बढ्यो, निक्षेप संकलन झण्डै १ खर्ब रुपैयाँ, अन्य सूचक कस्ता ? class=

कर्जा खबर, काठमाडौं ।
मुक्तिनाथ विकास बैंक लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा ६२.७० प्रतिशत बढेर १ अर्ब १५ करोड ९ लाख ७९ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले ७० करोड ७४ लाख ५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

गत असार मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी १९.७० प्रतिशत बढेर २ अर्ब ७० करोड ४५ लाख ७६ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले २ अर्ब २५ करोड ९३ लाख ८४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा बैंकको नेट फि तथा कमिशन आम्दानी १७.३४ प्रतिशत बढेर ५७ करोड १३ लाख १४ हजार रुपैयाँ, सञ्चालन मुनाफा ६१.५८ प्रतिशत बढेर १ अर्ब ६३ करोड ७६ हजार रुपैयाँ, वितरणयोग्य मुनाफा ८१.७९ प्रतिशत बढेर ८६ करोड ५ लाख ३२ हजार रुपैयाँ र कुल सञ्चालन मुनाफा ३२.८३ प्रतिशत बढेर ३ अर्ब ७० करोड ३५ लाख ९९ हजार रुपैयाँ आर्जन गरेको छ । बैंकको इम्पेरमेन्ट चार्ज ३१ करोड ६८ लाख रुपैयाँबाट बढेर ५३ करोड ३१ रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ११.२५ प्रतिशत बढेर ४ अर्ब ८१ करोड १५ लाख ५० हजार रुपैयाँ, जगेडा कोष ३३.६८ प्रतिशत बढेर १ अर्ब ९९ करोड ६४ लाख ८२ हजार रुपैयाँ, निक्षेप ५१.६३ प्रतिशत बढेर ८६ अर्ब ९० करोड ३३ लाख ३ हजार रुपैयाँ र कर्जा ५२.९५ प्रतिशत बढेर ७२ अर्ब ८९ करोड ९५ लाख ५० हजार रुपैयाँ पुगेको छ ।

बैंकको प्रतिशेयर आम्दानी पनि ७ रुपैयाँ ५६ पैसा बढेर २३ रुपैयाँ ९२ पैसा पुगेको छ । बैंकको मूल्य आम्दानी अनुपात २७.४७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४१ रुपैयाँ ४९ पैसा रहेको छ ।

Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।