महालक्ष्मी विकास बैंकका ग्राहकलाई सम्यक डायगनोस्टिकमा १०% छुट – Mero Samachar

महालक्ष्मी विकास बैंकका ग्राहकलाई सम्यक डायगनोस्टिकमा १०% छुट

महालक्ष्मी विकास बैंकका ग्राहकलाई सम्यक डायगनोस्टिकमा १०% छुट class=

कर्जा खबर, काठमाडौं ।
महालक्ष्मी विकास बैंकले आफ्ना ग्राहकहरुका लागि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सम्यक डायगनोस्टिक सँग मंगलबार एक सम्झौता गरेको छ ।

उक्त सम्झौता अनुसार ग्राहकहरुले सम्यक डायगनोस्टिकको प्रयोगशालामा स्वास्थ्य परिक्षण गराउँदा १०% छुट प्राप्त गर्न सक्नेछन् ।

देशका १०३ वटा शाखाहरुबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले कोभिड–१९ को जोखिमलाई न्यूनीकरण गर्न सकेसम्म डिजिटल बैंकिङ्ग मार्फत कारोबार गरी आफु सुरक्षित भई अरुलाई पनि सुरक्षित राख्न आग्रह गरेको छ ।

Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।