Search

शिक्षकलाइ पाठ्यक्रम कार्यान्वयन सम्बन्धि अभिमुखिकरण तालिम

पाल्पा – जिल्लाका शिक्षकहरुको लागि पाठ्यक्रम कार्यान्वयन सम्बन्धि अभिमुखिकरण तालिम दिइएको छ । शिक्षा विकास तथा समन्वय इकाई पाल्पाको आयोजनामा जिल्लाका विभिन्न पालिकाका शिक्षकहरुलाई पालिका स्तरीय अभिमुखीकरण गरिएको हो ।

 

 

नयाँ पाठ्यक्रम कार्यान्वयनको लागि जिल्लाका विभिन्न पालिकाका शिक्षकहरुलाई अभिमुखिकरण गरिएको र अभिमुखीकरणबाट विद्यालयमा प्रभावकारी शिक्षण सिकाईमा सहयोग पुग्ने लक्ष्य लिएको शिक्षा विकास तथा समन्वय इकाई पाल्पाका प्रमुख प्रेमराज खरेलले बताउनुभयो ।

 

 

उहाँका अनुसार रामपुरको दरैठाटी माविमा २१ र २२ गते नेपाली, गणित र सामाजिक विषयको रामपुर नगरपालिकाका शिक्षकहरुलाई, निस्दी र पूर्वखोलाका नेपाली विषयका शिक्षकलाई पूर्वखोलामा, माथागढी बगनासकाली र रिब्दीकोटका सामाजिक विषयका शिक्षकलाई तानसेनमा २४ गते र तानसेन नगरपालिका, रैनादेवी छहराको नेपाली विषयको २५ गते तानसेनमा र रिब्दीकोट, तिनाउ र रम्भाको विज्ञान प्रविधि र गणित विषय समेत तानसेनमै विषय अनुसारको अभिमुखीकरण हुनेछ ।

 

 

अभिमुखीकरण कार्यक्रमको सहजिकरण शाखा अधिकृत बसन्तराज भट्ट, रोष्टर प्रशिक्षक सीता अधिकारी, अर्जुन मरासनी लगायतले सहजिकरण गर्नुभएको छ ।

Picture of मेरो समाचार

मेरो समाचार

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।