Search

स्याङ्जा चापाकोटका शिक्षासेवी भुसालद्वारा निःशुल्क झोला वितरण

चापाकोट- स्याङ्जाको चापाकोट नगरपालिका ८ निवासी शिक्षासेवी एवं पर्यटन व्यवसायी पूर्णचन्द्र भुसालले निःशुल्क झोला वितरण गर्नुभएको छ ।
उहाँले चापाकोट नगरपालिका ८ खोरियाघाटमा रहेको सरस्वती आधारभूत विद्यालयमा अध्यनरत सम्पूर्ण विद्यार्थीहरुलाई शुक्रबार निःशुल्क झोला वितरण गर्नुभएको हो ।

शिक्षासेवी भुसालले विद्यार्थीहरुलाई पढ्ने हौसला प्रदानहोस भन्ने उद्देश्यले व्यक्तिगत सहयोगमा निःशुल्क झोला वितरण गरेको बताउनुभयो । उहाँले विद्यालयलाई सहयोग गर्ने अवसर प्रदान गर्नुभएकोमा विद्यालय परिवारलाई धन्यवाद दिनुभएको थियो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्पाक हरीप्रसाद भट्टराई भुसालले विद्यालयको अनुरोधमा विद्यार्थीहरुलाई व्यक्तिगत सहयोगमा झोला वितरण गर्नुभएकोमा धन्यवाद दिनुभएको थियो ।

झोला वितरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपक महत, विद्यालयका प्रधानाध्यपक हरीप्रसाद भट्टराई, युवा पर्यटन व्यवसायी सुजन भुसाल, नगरपालिकाका जनप्रतिनिधि र अभिभावकको उपस्थिति रहेको थियो ।

विद्यालयमा हाल ३२ जना विद्यार्थी र ९ जना शिक्षक शिक्षक हुनुहुन्छ । भुसालले लामोसमयदेखि विभिन्न विद्यालयहरु विभिन्न किसिमका सहयोग गर्दै आउनुभएको छ ।

 

प्रदेश सरकारकाे अनुराेध
प्रदेश सरकारकाे अनुराेध
प्रदेश सरकारकाे अनुराेध
प्रदेश सरकारकाे अनुराेध
प्रदेश सरकारकाे अनुराेध
प्रदेश सरकारकाे अनुराेध
Picture of मेरो समाचार

मेरो समाचार

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।