Search

मोहनकन्या माविका छात्राहरूलाई कानूनी साक्षरता

गोपाल प्रसाद वश्याल, पाल्पा – जिल्ला सदरमुकाम तानसेनस्थित मोहन कन्या माध्यमिक विद्यालयमा एक दिने कानूनी साक्षरता कार्यक्रम शुक्रवार सम्पन्न भएको छ ।

जिल्ला सरकारी वकील कार्यालय, पाल्पाको समुदाय समक्ष सरकारी वकील कार्यक्रम अन्तर्गत आयोजित कार्यक्रममा जिल्ला सरकारी न्यायधिवक्ता चुरामणी पराजुलीले सहजीकरण गर्नुभएको थियो ।

न्यायधिवक्ता पराजुलीले कार्यालयको काम कर्तब्यको जानकारी गराउँदै फौजदारी सरकारवादी मुद्दामा सरकारको पक्षबाट बहस पैरवी गर्ने, सरकारी निकायहरूका लागि कानूनी सहायता परामर्श प्रदान गर्ने कार्य गरिरहेको बताउनुभयो ।

 

उहाँले देवानी र फौजदारी मुद्दाका अवधारणा प्रष्ट पार्दै फौजदारी अपराधका प्रकृति, कानूनी उपचार र प्रक्रियाहरू, अपराध पुष्टि भै फैसला भएमा हुनसक्ने दण्ड सजायँ र पिडितका लागि सरकारले प्रदान गर्ने सहयोगहरूका उदाहरणसहित प्रस्तुत गर्नुभयो । उहाँले बाल बिवाह, घरेलु हिंसा र महिला तथा बालिका हिंसाका प्रकृति, कानूनी सहायता, सुरक्षित र संरक्षित हुने उपायहरूका बारेमा कानूनी एवम् ब्यवहारिक ज्ञान प्रदान गर्नुभयो ।

 

मोहन कन्या माध्यमिक विद्यालयका ६५ जना छात्राहरू र १० जना शिक्षकहरू सहभागी यस कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दिपक प्रसाद ज्ञवालीले धन्यवाद ज्ञापन गर्दै कार्यक्रमबाट अपराध नगर्ने र पीडित बन्न पुगेका अवस्थामा कानूनी उपचारका बारेमा जानकारी प्राप्त भएकाले छात्राहरूमा कानूनी साक्षरता तथा सुरक्षित जीवनयापनका लागि सचेतता बृद्धि भएको बताउनुभयो ।

 

Picture of मेरो समाचार

मेरो समाचार

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।