पाल्पा, जेष्ठ १०
पाल्पा जिल्ला तानसेन न.पा. ४ पौवा होटलको सभाहलमा सूचना प्रविधि प्रवद्र्धन केन्द्र डिल्ली बजार काठमाण्डौंको आयोजना तथा तानसेन नगरपालिका, क्यान महासंघ पाल्पा र जिल्ला प्रहरी कार्यालय पाल्पाको सहकार्यमा किशोर किशोरीहरुलाई साईवर क्राईम, लागू पदार्थ सेवन र आत्महत्या निरुत्साहन सम्बन्धि १ दिने सचेतना कार्यक्रम सम्पन्न भएको थियो । ‘लागू औषध दुव्र्यसनी तथा आत्महत्या’ विषयमा केन्द्रित रहेर सचेतना कार्यक्रममा प्रशिक्षक प्रहरी निरिक्षक सन्दीप बेल्वासेले लागू औषधको परिचय र प्रकार, दुव्र्यसनका कारणहरु, असरहरु, कानूनी प्रावधान र सजाय, दुव्र्यसनबाट बच्ने उपाय, लागू औषध नियन्त्रणमा विद्यार्थी/अभिभावकको भूमिका, साइवर सुरक्षा सम्बन्धि र आत्महत्या रोकथाम सम्बन्धि जानकारी गराउँदै, उहाँले विगतका वर्षहरुका तूलनामा पाल्पा जिल्लामा लागूपदार्थ सेवन र आत्महत्या गर्नेको संख्या घट्दो क्रममा रहेको बताउनु भयो ।
साइवर सुरक्षा विज्ञहरु शिव भट्टराई, जागृत गैरेले पनि साइव सुरक्षा विषयमा र सूचना प्रविधि विज्ञ तथा क्यान महासंघ पाल्पा जिल्ला अध्यक्ष सुदिप पौडेलले डिजिटल साक्षारता तथा प्रविधि सम्वन्धि समसामयिक विषयमा सहभागीहरुलाई प्रशिक्षित गर्नु भएको थियो ।
कार्यक्रको उद्घाटन समारोहमा प्रमुख अतिथी नगर उपप्रमुख प्रतिक्षा गाहा सिंजाली, विशिस्ट अतिथी प्रमुख जिल्ला अधिकारी तोया नारायण सुवेदी, अतिथि प्रहरी उपरीक्षक पवन भट्टराई लगायतले कार्यक्रमलाई शुभकामना दिनुभएको थियो । कार्यक्रमको अध्यक्षता सूचना प्रविधि प्रवद्र्धन केन्द्रका संस्थापक अनिल किशोर घिमिरेले गर्नु भएको थियो भने संचालन संस्थाका प्रतिनिधि विज्ञान दुधराजले गर्नुभएको थियो ।
सहभागीहरूले यस्ता कार्यक्रमले आफूहरूमा चेतना अभिवृद्धि गरेको अनुभव सुनाउँदै आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गरेका थिए र आफ्ना उपस्थीत हुन नसकेका साथीभाइहरुलाई पनि यस विषयमा जानकारी गाराउँने बताएका थिए । उक्त कार्यक्रम तानसेन नगरपालिकाको आर्थिक सहयोगमा सम्पन्न गरिएको थियो ।