Search

‘राम्चेवन’ पर्यटकीय गन्तव्य बन्दै

सुशीला रेग्मी  पाल्पा, – लौरेपालो शब्द अहिले कतै सुनिँदैन । यो शब्द सुन्दा आश्चर्यजनक लाग्छ । लौरेपालेको जीवन्त कथा जोडिएको छ, राम्चे सामुदायिक वनसँग । पाल्पाको रामपुर नगरपालिका–५ मा रहेको राम्चे सामुदायिक वनको नाम लिँदा लौरेपालोको रोचक स्मरण उपभोक्तामा ताजै छ । तर अहिले लौरेपालेको चलन यहाँ छैन ।

वनले नयाँ स्वरुप धारण गरेर एउटा पर्यटकीय केन्द्रको रुपमा विकसित बनेको छ । अहिले यहाँको पर्या–पर्यटनले पर्यटकलाई आकर्षित बनाएको छ । रामपुरको केन्द्र भागमा अवस्थित रहेकाले हराभरा, पर्यटक लोभ्याउने वनको दृश्यले मनलाई आनन्दमय बनाइरहेको हुन्छ । पर्यटनको गहना बनेको राम्चेवन अहिले उत्कृष्ट पर्यटकीय गन्तव्यस्थल बनेको देख्न पाउँदा खुसी हुनुुहुन्छ, ७४ वर्षीय नगिलाल पौडेल । उजाड नाङ्गो डाँडोलाई स्थानीयवासीले संरक्षणमा जोड दिएकाले वनको शीतलता, स्वच्छ हावापानी उपभोग गर्न, पर्यटकीय विकासको रुपमा उपभोग गर्न पाइँदैनथ्यो, एउटा पर्यटक घुम्ने मात्र भई यहाँ प्राकृतिक वस्तुको अध्ययन अवलोकन गर्ने, प्रकृतिको संरक्षण गर्ने थलो बनेको पौडेल बताउनुहुन्छ ।

“अवलोकन गर्न लायकको नमूना बनेको छ, आफ्नै जीवनकालमा नाङ्गो डाँडोको रुपमा देखेको वन अहिले यति धेरै परिवर्तन देख्न पाउँदा म एउटा भाग्यमानी उपभोक्ता हुँ भन्ने आफैँलाई गर्व महसुस भएको छ”, उहाँले भन्नुभयो, “२०३९ सालमा उजाडिएको नाङ्गो डाँडो मात्रै थियो, रुख बिरुवा लगाएर यसलाई हराभरा बनाएर भविष्यमा एउटा नमूना वन बनाउन सकिन्छ भनेर स्थानीय बासिन्दा लागेपछि अहिले आफ्नै जीवनकालमा परिवर्तन देख्दा गरे के नहुने रहेछ र रु”, उहाँले भन्नुभयो ।

स्थानीयको सक्रियतामा २०३९ सालदेखि वन संरक्षणको प्रयास थालिएको हो । त्यस समय वनको संरक्षणका लागि पञ्चायत समितिमा रहेर काम गर्नुभएका पौडेलले सामुदायिक वनको रुपमा दर्ता भएपछि समिति, उपाध्यक्ष, अध्यक्ष पदमा विभिन्न समयमा सक्रियताका साथ सेवा गर्नुभयो । स्थानीयले संरक्षण नगरेको भए यो वन नाङ्गै डाँडा रहन्थ्यो । उहाँ भन्नुहुन्छ, “चरिचरन गर्न जङ्गलतिर गएका पशु नाङ्गो डाँडोमा छर्लङ्ग देखिन्थे, गाईबाख्रा माथितिर पठाएर हामी तल फाँटमै बसेर हेरिन्थ्यो, अहिले भने घनाघोर, हराभरा, पर्यापर्यटनको रुपमा वन विकास भएको छ, संरक्षणमा उपभोक्ता सबै सचेत छन् ।”

करिब एक सय दुई हेक्टर क्षेत्रफलमध्ये पाँच हेक्टर क्षेत्रफल पर्या–पर्यटन क्षेत्र छुट्टाएर पर्यटकीय पूर्वाधार विकासका कार्यहरु गरिरहेको वन उपभोक्ता समूहका अध्यक्ष दयाराम गैरेले बताउनुभयो । जिल्ला डिभिजन वन कार्यालयको सहयोगमा दृश्यावलोकन ९भ्युटावर० स्तम्भ, वनभोज गर्ने स्थान, शौचालय, रुखघर, झुला, पानीको फोहोरा, रामसीता र हनुमानको मूर्ति, प्रतीक्षालय, खानेपानीको सुविधा, पक्की पैदलमार्ग, फूलवारी तयार पारिएको अध्यक्ष गैरेले बताउनुभयो ।

करिब तीन सय ५० जना अट्ने क्षमताको सभाहल रहेको छ । यहाँ विभिन्न सङ्घसंस्थाको सभा, समारोह, गोष्ठीजस्ता कार्यक्रम हुने गरेको छ । उहाँका अनुसार पर्यटकीय क्षेत्रमा दिनमा एक सय बढी अवलोकन गर्न आउने गर्छन् । शनिबार र बिदाको दिन धेरै भीड हुने गर्दछ । हाल भ्युटावर क्षेत्र प्रवेश र पर्या–पर्यटन क्षेत्र रेखदेखका लागि वन समूहबाट हेरालु राखिएको छ । “रामपुरको बजार नजिकै भएकाले यस क्षेत्रमा पछिल्लो समय धेरै टाढाबाट घुमघाम तथा वनभोज गर्न आउने क्रम बाक्लिदै गएको छ, तल बाक्लो वस्ती भएकाले दिउँसो र साँझको समय वनको शीतलता खोज्न आउनुहुन्छ”, अध्यक्ष गैरेले भन्नुभयो ।

बेझाड बजारदेखि सजिलै साना तथा ठूला गाडीमा पुग्न सकिने भएकाले अहिले राम्चेवन धेरैको रोजाइमा पर्छ । यहाँको प्राकृतिक वातावरणमा घुमेर मनलाई आनन्दित पार्न युवा समूहको आकर्षण अझ बढ्दो पाइन्छ । रामपुरको मुख्य बजार बेझाड बजारदेखि करिब दुई सय ५० मिटर माथि पर्छ । गत वर्ष वनको स्रोतबाट दुईवटा झुला, रुखघर, रामसीता र हनुमानको मूर्ति निर्माण कार्य गएिको छ ।

Picture of मेरो समाचार

मेरो समाचार

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।