५ सय रूपैयाँले बढ्यो सुनको मूल्य – Mero Samachar

५ सय रूपैयाँले बढ्यो सुनको मूल्य

५ सय रूपैयाँले बढ्यो सुनको मूल्य class=

बुधबार नेपाली बजारमा सुनको मूल्य तोलामा ५ सय रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाल सुन तोलामा ५ सय रूपैयाँले बढ्दै ९३ हजार ६ सय रूपैयाँ पुगेको हो ।
अघिल्लो दिन छापावाल सुन प्रतितोला ९३ हजार एकसय रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा ५ सय रूपैयाँले नै बढ्दै ९३ हजार एक सय रूपैयाँ पुगेको महासंघको जनाएको छ । यता चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्य १० रूपैयाँले बढ्दै आज प्रतितोला एक हजार २२५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।