काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको पहिलो पाँच महिनामा झण्डै ३ अर्ब रुपैयाँ प्रथम बिमा शुल्क संकलन गरेको छ ।
आर्थिक वर्षको पहिलो पाँच महिना अर्थात मंसिर अन्त्यसम्म २ अर्ब ९८ करोड रुपैयाँ प्रथम बिमाशुल्क संकलन गर्न सफल भएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । आगामी दिनमा यसलाई अरु बढाउने योजनाका साथ काम गरेको कम्पनीले जनाएको छ ।
जीवन बिमाको विश्वसनीयता तथा जीवन बीमामा आकर्षण बढाउने उद्देश्यका साथ कम्पनीले पुष ६ गते देखि “नेपालकै नं। १” अभियान सार्वजनिक गरेको थियो । कम्पनीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुशिलकुमार चौधरीले अभियानमार्फत कम्पनीलाई यस उचाइसम्म पुर्याउन सफल भएको बताए ।
आव २०७८र७९ को पहिलो त्रैमास अन्त्यसम्म कम्पनीसँग रु ११८।७६ अर्बको सर्वाधिक जीवन बिमा कोष, २९ लाख ८३ हजार १६ सर्वाधिक बिमालेख जारी, रु ४०।५० अर्बको सर्वाधिक दावी भुक्तानी, रु ७।१९ अर्बको सर्वाधिक चुक्ता पुँजी रहेको कम्पनीको भनाइ छ ।
Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।