४.७ ग्राम खैरो हिरोइनसहित बर्दियाबाट चार जना पक्राउ – Mero Samachar

४.७ ग्राम खैरो हिरोइनसहित बर्दियाबाट चार जना पक्राउ

४.७ ग्राम खैरो हिरोइनसहित बर्दियाबाट चार जना पक्राउ class=

बर्दिया । प्रहरीले ४.७ ग्राम लागूऔषध खैरो हिरोइनसहित चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाँकेको खजुरा गाउँपालिका-४ का सिमोन विक र ललित भुजेल तथा खजुरा गाउँपालिका-१ का भानु सिग्देल र नेपालगञ्‍ज उपमहानगरपालिका-४का राजेश विक रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बर्दिया खटिएको प्रहरी टोलीले बढैयाताल गाउँपालिका -०२ फुटाह दशगजा स्थित भारतबाट नेपालतर्फ आउँदै उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रवक्ता हिक्मत बहादुर कार्कीले जानकारी दिए ।

पक्राउ परेका उनीहरुमाथि बर्दिया जिल्ला अदालत गुलरियाबाट लागु औषध मुद्दामा म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।