४५ दिनभित्रै अस्तव्यस्त तार नमिलाए विद्युत प्राधिकरणले काटिदिने – Mero Samachar

४५ दिनभित्रै अस्तव्यस्त तार नमिलाए विद्युत प्राधिकरणले काटिदिने

४५ दिनभित्रै अस्तव्यस्त तार नमिलाए विद्युत प्राधिकरणले काटिदिने class=

काठमाडौं । नेपाल विद्युत प्राधिरकणले पोलमा अस्तव्यस्त रुपमा टाँगिएका इन्टरनेट र केबल टेलिभिजनको तार व्यवस्थापन गर्न ४५ दिनको समयसीमा दिएको छ । मंगलबार एक सार्वजनिक सूचना जारी गर्दै प्राधिकरणले आफ्नो पोल प्रयोग गरी अव्यवस्थित रुपमा तानिएका तार र झुन्ड्याइएका उपकरण व्यवस्थापन गर्न भनेको हो ।

यस्ता तारले शहर कुरुप बनाएको, आगलागी लगायतका विद्युतीय दुर्घटना बढेको, विद्युत सेवा प्रवाहमा पनि असर गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आगलागी नियन्त्रण गर्न र विद्युत सेवा भरपर्दो बनाउन भन्दै दूरसञ्चार तथा टेलिभिजन सेवा प्रदायकहरुलाई प्राधिकरणले मापदण्डअनुसार नै तार व्यवस्थापन गर्न भनेको छ ।

प्राधिकरणले प्राधिरकणले ४०० भोल्ट लाइनको नाङ्गो तार र अन्य सेवा प्रदायकले टांग्ने तारबीच ८० सेमीको दुरी हुनुपर्ने बताएको छ । यस्तो तार र पैदलमार्गबीच २.४ मिटरको दुरी (उचाइ) हुनुपर्ने प्राधिकरणको मापदण्ड छ । त्यसैगरी ४०० भोल्टको इन्सुलेटेड तार र अन्य तारबीच ३० सेमीको दुरी र यस्तो पोलमा पैदलमार्गसाग तारको दुरी ५.५ मिटर कायम गर्ने प्राधिकरणले निर्देशन दिएको छ ।

११ केभी र ३३ केभी लाइनमा विद्युतको तार र अन्य तारबीचको दुरी २ मिटर, अन्य ४ सय भोल्टका उपकरण र तारहरुबीचको दुरी ७५ सेमी हुनुपर्ने प्राधिकरणले बताएको छ ।

Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।