२० वर्षसम्म अलपत्र निक्षेप राष्ट्र बैंकको बैंकिङ विकास कोषमा – Mero Samachar

२० वर्षसम्म अलपत्र निक्षेप राष्ट्र बैंकको बैंकिङ विकास कोषमा

२० वर्षसम्म अलपत्र निक्षेप राष्ट्र बैंकको बैंकिङ विकास कोषमा class=

२९ पुस, काठमाडौं । नेपाल राष्ट्र बैंकले २० वर्षसम्म लिनरबुझ्न नआएका र दावी नपरेका निक्षेप ९अनक्लेम्ड डिपोजिट० राष्ट्र बैंकको बैंकिङ विकास कोषमा जम्मा गर्न निर्देशन दिएको छ । बिहीबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले बैंकिङ विकास कोषमा तोकिएको हिसाबमा जम्मा गर्नुपर्ने बताएको हो ।

कोषमा जम्मा गरिएको रकमको निक्षेपकर्तासम्बन्धी विस्तृत विवरण सुरक्षित राख्ने जिम्मेवारी सम्बन्धित बैंक तथा वित्तीय संस्थाकै हुने बताएको छ ।

 

प्रक्रिया पूरा गरेर कोषमा जम्मा भएको रकम उपर निक्षेपकर्ता र उसको हकवालाबाट प्रमाणसहित दावी परेमा बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकमा दावी पेश गर्न सक्नेछन् । यस्तो दावी आएमा विना ब्याज बैंक तथा वित्तीय संस्थालाई रकम फिर्ता हुने राष्ट्र बैंकले जनाएको छ ।

 

कोषको रकम बैंकिङ विकासमा उपयोग हुने पनि राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।

Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।