२२ पुस, काठमाडौं । प्रहरीले २० लाख नदिए ज्यान मार्ने धम्की दिएको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा निजगढ नगरपालिका(११ बारा घर भई चन्द्रागिरि नगरपालिका(९ मच्छे गाउँ बस्दै आएका २६ वर्षीय सञ्जीव भन्ने पदम काफ्ले रहेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
उनलाई बुधबार अपराध महाशाखाको टोलीले काठमाडौं कलंकीबाट पक्राउ गरेको हो ।
पक्राउ परेका उनीमाथि आपराधिक लाभ ९एक्सट्रसन० लिन नहुने कसूरमा थप अनुसन्धानका लागि बिहीबार काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ ।
Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।