२० पुस, काठमाडौं । प्रहरीले नागढुंगाबाट ७५० एम्पुल लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
बाराबाट काठमाण्डौतर्फ आउँदै गरेको प्रदेश २(०३(००१ ख ३६२२ नम्बरको यात्रुबाहक बस चेकजाँचका क्रममा मंगलबार दिउँसो नागढुङ्गास्थित चेकप्वाइन्टमा उनीहरुलाई पक्राउ गरेको महानगरीय प्रहरी वृत थानकोटले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा बारा महागढीमाई नगरपालिका(१ का २७ वर्षीय कृष्ण यादव र सप्तरी सखुवा गाउँपालिका(४का १९ वर्षीय दिपेश कुमार राम रहेका छन् ।
कृष्ण यादवको साथबाट १५० एम्पुल नुफिन, १५० एम्पुल फेनेर्गन र १५० एम्पुल डाइजेपाम गरी ४५० एम्पुल लागूऔषध तथा दिपेश कुमार रामको साथबाट १०० एम्पुल नुफिन, १०० एम्पुल फेनेर्गन र १०० एम्पुल डाइजेपाम गरी ३०० एम्पुल गरी जम्मा ७५० लागूऔषध बरामद गरेको छ ।
पक्राउ परेका उनीहरुमाथि लागु औषध नियन्त्रण ऐन, २०३३ बमोजिम महानगरीय प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।