पछिल्लो २४ घण्टामा देशभर थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ८४ जनामा गरिएको नमुना परीक्षणमा २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै सोही समयमा ३४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । मन्त्रालयका अनुसार नेपालमा हाल कोरोनाका ५५२ जना सक्रिय संक्रमित रहेका छन् ।
Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।