२० मंसिर २०७८
(Monday 06 December, 2021)

मंगलबार देशभर थप १ हजार ३३० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १३ हजार ६२२ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार ३६ र एन्टिजेन विधिबाट २९४ जनामा संक्रमण पुष्टि भएको हो ।

हालसम्म पीसीआर विधिबाट ७ लाख ८६ हजार ५७७ जना र एन्टिजेन विधिबाट ८९ हजार ३८२ जनामा संक्रमण पुष्टि भएको छ ।


हाल नेपालमा २१ हजार ५२४ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये २० हजार १६४ जना होम आइसोलेसन, १ हजार ३६० जना संस्थागत आइसोलेसनमा ३३५ जना आईसीयूमा तथा १०७ जना भेन्टिलेटरमा उपचाररत छन् ।

प्रतिक्रिया पोस्ट गर्नुहोस्

Your email address will not be published. Required fields are marked *