केही समय स्थितर रहेको अमेरिकी डलरको भाउ फेरि बढेर सर्वाधिक महँगो भएको छ। पछिल्लो समय डलरको भाउले दैनिक नयाँ कीर्तिमान बनाउँदै आएको छ। आज (बिहीबार) डलरको भाउले नयाँ उचाइ छोएको छ। डलरसँग भारतीय मुद्रा कमजोर भएपछि नेपाली मुद्रा पनि अवमूल्यन भएको हो। नेपाली मुद्रा भारतीय मुद्रासँग पेग्ड गरिएको छ।
अर्थात भारतीय मुद्रा अन्य मुद्रासँग बलियो हुँदा नेपाली मुद्रा पनि बलियो हुन्छ र कमजोर हुँदा कमजोर। भारू र नेपाली रुपैयाँबीच स्थिर विनिमयदर (फिक्स पेग) भएका कारण भारू अवस्थाअनुसार नेपाली रुपैयाँको भाउ निर्धारण हुने गरेको हो। पेट्रोलियम पद्धार्थको मूल्यमा भएको वृद्धि, भारतबाट बाहिरीरहेको वैदेशीक लगानीको कारण भारू कमजोर भइरहेको हो।
डलरको ग्राफ उकालो लाग्दै गर्दा हरेक दिन नेपाली रूपैयाँ कमजोर हुँदै गएको छ। नेपालमा मात्र हैन विश्व बजारमा डलर बलियो हुँदै गएको छ। डलर बलियो हुँदा दैनिक उपभोग्य वस्तुहरूको मूल्यवृद्धि भइरहेको छ। नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार अमेरिकी डलरको भाउ १३३ रुपैयाँ १४ पैसा पुगेको छ। नेपालीले १ डलर साट्नको लागि १३३ रुपैयाँ १४ पैसा खर्च गर्नु पर्ने भएको छ।
बुधबार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ४८ पैसा र बिक्रीदर १३२ रुपैयाँ ०८ पैसा थियो।
Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।