२० मंसिर २०७८
(Monday 06 December, 2021)

काठमाडौँ, १३ भदौ 

पछिल्लो २४ घण्टामा एक हजार तीन सय ८८ जना कोरोनाभाइरसबाट संक्रमित भएका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार अपरान्ह सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा १० हजार दुई ९७ नमुना परीक्षण गर्दा एक हजार तीन सय ८८ जनामा संक्रमण देखिएको हो ।

संक्रमणको परीक्षण कम भएपछि संक्रमित हुनेको संख्यामा पनि कमि आएको छ । हिजो (शनिबार) १३ हजार एक सय ७६ नमुना परीक्षण गर्दा एक हजार ८५७ जना संक्रमित भएका थिए ।  

सक्रिय संक्रमित ३५ हजार ७९६ जना रहेका छन् ।  यस्तै पछिल्लो २४ घण्टामा दुई हजार ६० जना संक्रमणमुक्त भएका छन् । आइतबार अपरान्हम्म सात लाख १२ हजार सात सय १२ जना संक्रमणमुक्त भएका मन्त्रालयले दिएको विवरणमा उल्लेख छ । नेपालमा निको हुने दर ९३ दशमलव ९ प्रतिशत रहेको छ । 

यस्तै संक्रमणबाट पछिल्लो २४ घण्टामा २४ जनाको मृत्यु भएको  छ ।अहिलेसम्म १० हजार सात सय १४ जनाको संक्रमणबाट ज्यान गएको छ । नेपालमा प्रति १० लाखमा ३६१ दशमलव १ जनाको संक्रमणको कारणले निधन हुने गरेको छ । 

यस्तै ६ सय २५ जना सघन उपचार कक्ष (आईसीयू), एक सय ६७ जना भेन्टिलेटर, ३२ हजार सात सय ४४ जना होम आइसोलेसन, तीन हजार ५२ जना संस्थागत आइसोलेसन र तीन सय ४३ जना क्वारेन्टाइनमा रहेका छन् । नेपालमा संक्रमणको दर १९ दशमलव ५ प्रतिशत रहेको छ । 

प्रतिक्रिया पोस्ट गर्नुहोस्

Your email address will not be published. Required fields are marked *