१४ पुस, काठमाडौं । सरकारले १२ खर्ब बराबरको बजेट खर्च गर्दा २५ अर्ब भन्दा बढी बेरुजु देखिएको छ । महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको आन्तरिक लेखा परीक्षणको वार्षिक प्रतिवेदनको सारांश अनुसार आर्थिक वर्ष २०७७र७८ मा सो रकम बराबरको बेरुजु देखिएको हो । खर्चको प्रमाण नपुगेको हिसाबलाई लेखा परीक्षणका माध्यमबाट बेरुजुमा राख्ने गरिन्छ ।
अघिल्लो महिना अर्थमन्त्री जनार्दन शर्मालाई बुझाएको प्रतिवेदनको सारांश महालेखा नियन्त्रक कार्यालयले बुधबार सार्वजनिक गरेको हो । तथ्यांक अनुसार गत आर्थिक वर्षको कुल निकासारखर्चको २।११ प्रतिशत रकम बेरुजु हुन आएको छ । उक्त आवमा सरकारले १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट ल्याएको थियो । यसबाट ११ खर्ब ९६ अर्ब ६० करोड रुपैयाँ बेरुजु देखिएको हो ।
यो आर्थिक वर्षमा राजस्वतर्फका बेरुजु भने २३ करोड ३१ लाख रुपैयाँ देखिएको छ । यस आवमा कुल ९ खर्ब ७६ अर्ब ३२ करोड रुपैयाँ बराबरको राजस्व संकलन भएको थियो । आन्तरिक लेखा परीक्षणबाट ०।०२ प्रतिशत राजस्व बेरुजु देखिएको छ ।
महालेखा नियन्त्रक कार्यालयले देशभरका ४७११ कार्यालयका १५ हजार ५ सय ५७ वटा बजेट उपशीर्षकको आन्तरिक लेखा परीक्षण गरी प्रतिवेदन बनाएको हो ।