हत्या आरोपीलाई नेपाल प्रहरीले १७ वर्षपछि साउदीबाट नेपाल ल्यायो – Mero Samachar

हत्या आरोपीलाई नेपाल प्रहरीले १७ वर्षपछि साउदीबाट नेपाल ल्यायो

हत्या आरोपीलाई नेपाल प्रहरीले १७ वर्षपछि साउदीबाट नेपाल ल्यायो class=

२९ पुस, काठमाडौं । कर्तव्य ज्यान मुद्दामा फरार रहेका एकजना आरोपीलाई प्रहरीले १७ वर्षपछि साउदी अरेबियाबाट पक्राउ गरेको छ ।

उदयपुरको बेलका नगरपालिका–६ का ४० वर्षीय गोविन्द मगरलाई नेपाल प्रहरीले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन ९इन्टरपोल० को सहयोगमा साउदीमा पक्राउ गरेको हो ।

 

केन्द्रीय प्रहरी प्रवक्ता मुकुन्दराज आचार्यका अनुसार इन्टरपोलको रेड नोटिसमा परेका उनलाई साउदीमा पक्राउ गरेर बुधबार नेपाल ल्याइएको हो । मगरले १३ मंसिर २०६१ मा मानबहादुर तामाङको हत्या गरेको अभियोग छ ।

 

जिल्ला अदालत, उदयपुरले उनीविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो । इलाका प्रहरी कार्यालय, रामपुर ठोक्सिलाको अनुरोधमा एनसीबी काठमाडौंले अन्तर्राष्ट्रिय खोजतलासका लागि २६ माघ २०७७ मा रेड नोटिस जारी गराएको थियो । मगरलाई थप कारबाहीका लागि उदयपुर पठाइएको प्रहरीले जनाएको छ ।

 

घटनालगत्तै संलग्नता नखुल्दा उनी भागेर वैदेशिक रोजगारीका लागि साउदी पुगेका थिए ।

Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।