हत्या आरोपमा दुईजना पक्राउ


काभ्रेको धुलिखेल नगरपालिका–११ डाडागाँउ बस्ने ५२ वर्षीया बिन्दा कमिनीको हत्या भएको छ । हत्या आरोपमा प्रहरीले बिहीबार राति दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा दोलखा मेलुङ–७ घर भएकी २८ वर्षीया कोपिला विक र धुलिखेल नगरपालिका–११ डाँडागाँउ बस्ने ५० वर्षीय गोपाल विक छन् ।

आरोपी कोपिला मृतककी नातिनी हुन् । कोपिला र गोपालले मादक पदार्थ सेवन गरेर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । घटनाबारे जिल्ला प्रहरी कार्यालय काभ्रेले अनुसन्धान गरिरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *