स्याङ्जाको गल्याङ नगरपालिकामा सडेगलेका अवस्थामा एक पुरुषको शव बुधबार फेला परेको छ ।
गल्याङ नगरपालिका ११ निमाघास्थित कालीगण्डकी नदीको किनारमा हाल नाम, थर वतन नखुलेको पुरुषको शव सडेगलेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।