स्थानीय तहमा अस्पताल स्थापना गर्न आधारदरमा थप २% प्रिमियममा कर्जा पाइने – Mero Samachar

स्थानीय तहमा अस्पताल स्थापना गर्न आधारदरमा थप २% प्रिमियममा कर्जा पाइने

स्थानीय तहमा अस्पताल स्थापना गर्न आधारदरमा थप २% प्रिमियममा कर्जा पाइने class=

कर्जा खबर।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई अस्पताल नभएका स्थानीय तहमा अस्पताल स्थापना गर्नका लागि आधार दरमा बढीमा २ प्रतिशत थप ब्याजदरमा कर्जा उपलब्ध गराउन निर्देशन दिएको छ ।

राष्ट्र बैंकले मंगलबार एकीकृत निर्देशिका २०७७ माच संशोधन/परिमार्जन तथा थप व्यवस्था गर्दै उक्त निर्देशन दिएको हो ।
यस्तो कर्जाको सीमा बढीमा २० करोड रुपैयाँसम्मको हुनेछ ।

‘अस्पताल नभएका स्थानीयतहमा १०० बेडसम्मको अस्पताल स्थापना गर्न बैंक तथा वित्तीय संस्थाहरुले आधारदरमा अधिकतम २ प्रतिशत विन्दु सम्म प्रिमियम थप गरी रु. २० करोड सम्म कर्जा प्रवाह गर्न सक्नेछन्,’ निर्देशिकामा भनिएको छ ।

Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।