सुन र चाँदीको मूल्य घट्यो


काठमाडौं । सोमबार सुन र चाँदीको मूल्य घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको मूल्य तोलामा ३ सय र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ ।

सोमबार छापावाल सुनको मूल्य तोलामा ९७ हजार ५ सय, तेजावी सुनको मूल्य ९७ हजार र चाँदीको मूल्य १ हजार २८५ कायम भएको छ ।

आइतबार सुनको मूल्य ९७ हजार ८ सय, तेजावी सुनको मूल्य ९७ हजार ३ सय र चाँदीको मूल्य १ हजार २९५ रुपैयाँ थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *