सुन-चाँदीको मूल्य घट्यो – Mero Samachar

सुन-चाँदीको मूल्य घट्यो

सुन-चाँदीको मूल्य घट्यो class=

१५ पुस, काठमाडौं । बिहीबार सुन र चाँदी दुवैको मूल्य घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार छापावाल सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेर ९२ हजार एक सय रुपैयाँ कायम भएको छ । यस्तै तेजावी सुनको मूल्य ९१ हजार ६ सय रुपैयाँमा झरेको छ ।

बुधबार ९२ हजार ५ सय रुपैयाँमा छापावाल र ९२ हजार रुपैयाँमा प्रति तोलामा तेजावी सुनको कारोबार भएको थियो । बिहीबार चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ । बुधबार तोलामा १२ सय ६० रुपैयाँमा कारोबार भएको चाँदीको बिहीबारको मूल्य १२ सय ४५ रुपैयाँ तोकिएको छ ।

Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।