सुन-चाँदीको मूल्य घट्यो – Mero Samachar

सुन-चाँदीको मूल्य घट्यो

सुन-चाँदीको मूल्य घट्यो class=

काठमाडौं । बिहीबार सुन र चाँदीको मूल्य घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको मूल्य तोलामा ४ सय र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको महासंघले जनाएको छ ।

घटेको मूल्यअनुसार बिहीबार छापावाल सुनको मूल्य ९३ हजार २ सय, तेजावी सुनको मूल्य ९२ हजार ७ सय र चाँदीको मूल्य १ हजार २१५ रुपैयाँ तोकिएको छ ।

बुधबार छापावाल सुनको मूल्य ९३ हजार ६ सय र चाँदीको मूल्य १ हजार २२५ रुपैयाँ थियो ।

Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।