सुनचाँदीको मूल्यमा सामान्य गिरावट – Mero Samachar

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

सुनचाँदीको मूल्यमा सामान्य गिरावट class=

सोमबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा एक सय रूपैयाँले घट्दै ९७ हजार २ सय रूपैयाँमा झरेको छ भने चाँदीको मूल्य ५ रूपैयाँले घट्दै एक हजार २९५ रूपैयाँमा झरेको छ ।

अघिल्लो दिन छापावाला सुन प्रति तोला ९७ हजार ३ सय रूपैयाँ र चाँदी एक हजार ३ सय रूपैयाँमा कारोबार भएको थियो । यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा एक सय रूपैयाँले नै घट्दै ९६ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।