सुनको मू्ल्य तोलामा १२ सय रुपैयाँले घट्यो – Mero Samachar

सुनको मू्ल्य तोलामा १२ सय रुपैयाँले घट्यो

सुनको मू्ल्य तोलामा १२ सय रुपैयाँले घट्यो class=

काठमाडौं । मंगलबार सुन र चाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १२ सय रुपैयाँ र चाँदीको मूल्य १५ रुपैयाँले घटेको छ ।

आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार, तेजावी सुनको मूल्य ९३ हजार ५ सय र चाँदीको मूल्य प्रतितोला १२ सय १५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

सोमबार प्रतितोला ९५ हजार २ सय रुपैयाँमा छापावाल सुन, ९४ हजार ७ सय रुपैयाँ प्रतितोलामा तेजावी सुन र १२ सय ३० रुपैयाँ प्रतितोलामा चाँदी खरिद बिक्री भएको थियो ।

Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।