बिहीबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । अघिल्लो दिन प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज पनि सोही मूल्य कायम भएको हो ।
यस्तै तेजाबी सुनको मूल्यसमेत अघिल्लो दिनकै कायम हुँदै प्रतितोला ९३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तर, यता चाँदीको मूल्य भने लगार घट्दै बिहीबार ११ सय ९० मा झरेको छ । अघिल्लो दिन प्रतितोला चाँदी १२ सय रुपैयाँमा कारोबार भएको थियो ।
Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।