सुनको मूल्य स्थिर, चाँदीको घट्यो – Mero Samachar

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

सुनको मूल्य स्थिर, चाँदीको घट्यो class=

शुक्रबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला ९७ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य शुक्रबार पनि सोही कायम भएको हो ।

यस्तै तेजाबी सुनको मूल्य पनि अघिल्लो दिनकै कायम हुँदै ९७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । तर यता चाँदी भने अघिल्लो दिनको मूल्यमा १० रुपैयाँले घट्दै प्रतितोला एक हजार २९५ रुपैयाँमा झरेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला ३० रुपैयाँले बढ्दै एक हजार ३०५ रुपैयाँमा कारोबार भएको थियो ।

Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।