सुनको मूल्य प्रतितोला ९४ हजार – Mero Samachar

सुनको मूल्य प्रतितोला ९४ हजार

सुनको मूल्य प्रतितोला ९४ हजार class=

काठमाडौं । आइतबार सुन र चाँदीको मूल्य स्थिर छ । धनतेरसका कारण शनिबार पनि नेपाल सुन चाँदी व्यवसायी महासंघले सुन चाँदीको मूल्य निर्धारण गरेको थियो ।

शुक्रबारभन्दा शनिबार सुन प्रतितोला एक हजार ५ सय र चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँले बृद्धि भएको थियो । जुन मूल्य आइतबार पनि स्थिर छ ।

महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार, तेजावी सनुको मूल्य ९३ हजार ५ सय र चाँदीको मूल्य प्रतितोला १ हजार २१५ रुपैयाँ तोकिएको छ ।

शुक्रबार छापावाल सुन ९२ हजार ५ सय, तेजावी सुनको मूल्य ९२ हजार र चाँदीको मूल्य १ हजार १७० रुपैयाँमा कारोबार भएको थियो ।

Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।