सुनको मूल्य तोलामै १४ सय रुपैयाँले बढ्यो – Mero Samachar

सुनको मूल्य तोलामै १४ सय रुपैयाँले बढ्यो

सुनको मूल्य तोलामै १४ सय रुपैयाँले बढ्यो class=

काठमाडौं । बुधबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा एक हजार ४ सय र चाँदीको मूल्य तोलामा ३० रुपैयाँले बढेको छ ।

बुधबारका छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ४ सय, तेजावी सुनको मूल्य ९३ हजार ९ सय र चाँदीको मूल्य १ हजार २९५ रुपैयाँ तोकिएको छ ।

मंगलबार प्रतितोला ९४ हजार रुपैयाँमा छापावाल, ९३ हजार ५ सय रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो भने १ हजार २६५ रुपैयाँ तोलामा चाँदीको खरिद बिक्री भएको थियो ।

Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।