सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढ्यो – Mero Samachar

सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढ्यो

सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढ्यो class=

२९ पुस, काठमाडौं । सुनको मूल्य तोलमा पाँच सय रुपैयाँले बढेको छ । बुधबार प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार ९२ हजार पाँच सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी माहासंघले जनाएको छ ।

यस्तै तेजावी सुनको मूल्य ९२ हजार रुपैयाँ कायम हुँदा चाँदीको मूल्य २० रुपैयाँले बढेर १२ सय ५५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । बुधबार प्रतितोला १२ सय ३५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो

Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।