सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढ्यो – Mero Samachar

सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढ्यो

सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढ्यो class=

बिहीबार सुनको मूल्य एकै दिन तोलामा एक हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा बिहीबार छापा वाला सुन तोलामा एक हजार रुपैयाँले बढ्दै ९७ हजार ८ सय रुपैयाँ पुगेको हो । अघिल्लो दिन छापा वाला सुन प्रतितोला ९६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा एक हजार रुपैयाँले नै बढ्दै ९७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यता चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्यमा तोलामा ३० रुपैयाँले बढ्दै एक हजार ३०५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।