सुदूरपश्चिमका चार जनामा ओमिक्रोन संक्रमण पुष्टि – Mero Samachar

सुदूरपश्चिमका चार जनामा ओमिक्रोन संक्रमण पुष्टि

सुदूरपश्चिमका चार जनामा ओमिक्रोन संक्रमण पुष्टि class=

११ माघ, धनगढी । सुदूरपश्चिम प्रदेशमा पहिलो पटक चार जनामा कोभिड(१९ को नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला धनगढीका अनुसार कोरोना पुष्टि भएका १४६ जनाको भेरियन्ट पहिचान गर्न नमूना काठमाडौं पठाइएकोमा चार जनामा संक्रमण पुष्टि भएको हो ।

 

जनस्वास्थ्य प्रयोगशालाका प्रमुख रामप्रसाद ओझाले कञ्चनपुरका दुई जना, बझाङ र डोटिका एकरएक जनामा ओकिक्रोन पुष्टि भएको जानकारी दिए । उनीहरू सबै भारतबाट स्वदेश फर्किएका ओझाले बताए ।

 

अन्य १४२ जनाको रिर्पोट आउन बाँकी छ । सुदूरपश्चिम प्रदेशमा ओकिक्रोन संक्रमण पुष्टि भएको यो पहिलो पटक हो ।

Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।