१० असोज २०७८
(Sunday 26 September, 2021)

इलाम, ७ भदौ 

आफ्नै सालको हत्या गरेर फरार रहेका एक जनालाई प्रहरीले घटना भएको १२ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा देउमाई नगरपालिका–१ का ४६ वर्षीया रत्नबहादुर राई रहेका छन् । 

प्रहरीले उनलाई भक्तपुरबाट पक्राउ गरेर इलाम ल्याएको छ । राईले १ वैशाख २०६६ मा  साविक चमैता गाविस–१ हाल देउमाई नगरपालिका–१ चमैतास्थित धाराडाँडामा सोही स्थान बस्ने आफ्नै १९ वर्षीय सालो युवराज राईको हत्या गरेका अभियोग छ । 

त्यसयता उनी फरार थिए । जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको टोलीले भक्तपुर प्रहरीको समन्वयमा राईलाई पक्राउ गरेर इलाम ल्याएको हो । उनलाई जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । 

प्रहरीले विभिन्न अपराध गरेर फरार रहेको अभियुक्तको खोज तलासलाई तीव्र बनाउन विशेष टिम नै गठन गरेको प्रहरी उपरीक्षक माधव श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया पोस्ट गर्नुहोस्

Your email address will not be published. Required fields are marked *